काठमाडौं, सोमबार, २ चैत्र २०७७ । माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सकिएको छ । पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठक अहिले सकिएको छ ।
आज बसेको केन्द्रीय कमिटीको बैठकामा सर्वोच्च अदातलले गरेको निर्णयलाई पुनरावेदन गर्ने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेकपालाई खारेज गरेर पूर्ववत् अवस्था(नेकपा एमाले र माओवादी केन्द्र)मा फर्कन फैसला गरेको थियो । उक्त फैसला पछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अहिले एमाले र माओवादी केन्द्र फरक–फरक अवस्थामा रहेको छ ।
त्यस्तै माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक सकिएपछि राष्ट्रिय भेला बोलाउने तयारी गरेको छ । बैठकले अन्यपार्टीहरुसँगको छलफल र सहकार्यको लागि निरन्तर संवाद अगाडि बढाइ रहने पनि निर्णय गरेको छ ।
तत्कालको लागि माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक स्थगित गरेको छ । आज २० जना केन्द्रीय सदस्यहरुले आफ्नो धारण राखेका थिए ।








































