Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४१:१६ बिहान
- ADVERTISEMENT -

विद्या भण्डारी र केपी ओलीबीच डेढ घण्टा भेटवार्ता

प्रकाशित मिति: २०७७ चैत २, सोमबार

463
Shares

काठमाडौं, सोमबार, २ चैत्र २०७७ । राजनीतिक संकट गहिरिँदै गएका बेला आईतबार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच करीब डेढ घण्टा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली आईतबार साँझ ७ बजे राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए । ओली करीब साढे ८ बजे शितलनिवासबाट बाहिरिएका स्रोतले जनाएको छ ।

ओली नेतृत्वको सरकार अल्पमतमा पर्न सक्ने र नयाँ सरकारका लागि विभिन्न दलहरूबीच छलफल चलिरहेका बेला उनले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।

नेकपा माओवादी केन्द्रले ओली नेतृत्वको सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । सर्वोच्च अदालतको पछिल्लो फैसलाले तत्कालीन एमाले र माओवादी ब्युँतिएपछि नेपाली राजनीतिक वृत्तमा नयाँ सत्ता समीकरणको छलफल चलिरहेको छ ।

यसअघि आफ्नै पार्टीको प्रचण्ड–नेपाल पक्षले हटाउने तयारी गरेको संकेत पाएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेका थिए । तर निर्वाचनलाई सर्वोच्च अदालतले उल्ट्याइदियो ।

आफ्नै पार्टीभित्रको आन्तरिक किचलोका कारण अप्ठ्यारो पर्दै गएपछि प्रधानमन्त्री ओलीको राष्ट्रपति भण्डारीसँगको नियमित भेटघाट बाक्लिरहेको स्रोतले जनाएको छ ।

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीविरुद्ध माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले संघर्ष चलाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -