ललितपुर, आइतबार, १ चैत्र २०७७ । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित पूर्व वडाध्यक्ष सहित ७४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति तथा संविधानसभा सदस्य मदनबहादुर अमात्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रमलाई सिंहसहित नवप्रवेशीलाई स्वागत गरिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुमा पार्टी प्रवेश कार्यक्रम गराइएको थियो ।
नेकपा एमाले आन्तरिक झगडामा रुमल्लिएको र जनतालाई झूटा आश्वासन मात्रै दिएकाले देश निर्माणमा सहयोग गर्न कांग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरूले जानकारी दिएका छन् ।
पछिल्लो समय नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच द्वन्द्व बढ्दै गएको छ ।








































