काठमाडौँ, शुक्रबार, २८ फागुन २०७७ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मडारिएको बादलभित्र पनि चाँदीको घेरा हुने र छिट्टै राजनीतिले सही बाटो लिने बताउनु भयो ।
बुटवलमा आयोजित राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा बोल्दै खाणले संविधान भंग हुने छैन । अझै परिष्कृत गरेर पछाडि परेका समुदाय र वर्गको हितमा बन्ने बताउनु भयो ।
संविधान च्यात्न खोज्ने प्रधानमन्त्री केपी शर्मा ओली आफैँ सकिने बेला आएको चेतावनी दिनु भयो ।
संवैधानिक आयोगमा अध्यादेशमार्फत गरिएको नियुक्तिले ओली सरकार संविधानप्रति पनि असहिष्णु छ भन्ने पुष्टि गर्नु भयो । केपी ओली प्रधानमन्त्री भएदेखि नै अहिलेको संविधानमाथि यो वा त्यो बहानामा प्रहार गरिरहेको उनले बताए ।
अहिले मुलुकमा दुईधारको आन्दोलन जारी रहेको छ। संविधान भङ्ग गर्ने र रक्षा गर्नेको आन्दोलन चलिरहेको उहाले बताउनु भयो । अहिलेको सरकारले भङ्ग गर्नको लागि र काग्रेस सहितका अन्य दलले रक्षा गर्नुपर्ने आन्दोलनको नेतृत्व गरिरहेको नेता खाँणले बताउनु भयो ।








































