काठमाडौं, शुक्रबार, २८ फागुन २०७७ । नेपाली कांग्रेस भिमसेन थापा गाउँपालिका -काठमाडौं सम्पर्क समितिको आयोजनामा अन्तर्कृया कार्यक्रम हुने भएको छ ।
नेपाली कांग्रेसका पुर्ब महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा “समसामयिक राजनिती, नेपाली कांग्रेसको आगामी महाधिवेशन, युबा र महिलाहरुको भुमिका” बिषयमा अन्तरकृया कार्यक्रम हुने आयोजकले जनाएको छ ।
उक्त अन्तर्कृया कार्यक्रम फागुन २९ गते शनिबार बिहान ११ बजे सगुन क्याफे, नयाँ बजारमा हुने तय गरिएको छ ।








































