काठमाडौं, शुक्रबार, २८ फागुन २०७७ । जनता समाजवादी पार्टी(जसपा)को संसदीय दलको बैठक जारी रहेको छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बसिरहेको एक नेताले जानकारी दिए ।
बैठकमा संसदीय दलको विधान पारित तथा नेता चयन गर्नेबारे छलफल भैरहेकाे ती नेताले जानकारी दिए ।
जसपाले आफ्नो पार्टीका सांसदलाई संसदीय दलको विधान अध्ययनका लागि दिइसकेको छ। आजको बैठकमा आफ्ना धारणा प्रस्तुत गरिने र विधान पारित गर्ने जसपाको तयारी छ।
योसँगै संसदीय दलको नेता चयन प्रक्रिया पनि सुरु हुनेछ ।








































