Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०६:३४ बिहान
- ADVERTISEMENT -

सहज छैन एमालेभित्रको आन्तरिक मिलन

प्रकाशित मिति: २०७७ फागुन २८, शुक्रबार

607
Shares

काठमाडौं, शुक्रबार, २८ फागुन २०७७ । सर्वोच्च अदालतले एमाले पुनःस्थापित गरेपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको पूर्ववर्ती गुट सक्रिय भएको छ । ५ पुसमा प्रतिनिधिसभा विघटन गरिएपछि खनाल र नेपालसहितको समूह ओलीसँग व्यावहारिक र राजनैतिक रूपमा अलग भएकाले एक अर्काविरुद्ध थुप्रै गतिविधि गरेका छन्, तीक्ततापूर्ण अभिव्यक्ति दिएका छन् । नेपाल त ओलीइतर पार्टीको अध्यक्ष नै बन्नुभएको थियो ।

तर, जब सर्वोच्चको पछिल्लो फैसलाले नेकपा एकता नै बदर गरी साबिकका पार्टी ब्युँताइदिएपछि राजनीतिक ‘कोर्स’ नै उल्टिएको छ । तर, फैसलाको पाँच दिन बितिसक्दा पनि एमालेको आन्तरिक पुनर्मिलनमा सहजता देखिएको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै कुनै पनि कमिटीका बैठकहरू डाक्नुभएको छैन । जसकारण एमालेभित्र समझदारी कायम हुन सकेको छैन । झलनाथ–माधवको समूह रणनीति बनाउन बुधबार छलफलमा जुटेको थियो । बुधबार केन्द्रीय सदस्यहरूसँग छलफल गरेका उनीहरूले बिहीबार स्थायी कमिटीका सदस्यहरूसँग पुनः सघन छलफल गरेका छन् । छलफलले पार्टीको एकता र शक्तिलाई कमजोर पार्ने काम कसैले पनि गर्न नहुने निष्कर्ष निकालेको छ । नयाँ बानेश्वरको अर्याल होटलमा बिहीबार बसेको खनाल–नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरूको भेलाले एमालेको एकता र शक्तिलाई कमजोर पार्ने काम कसैले पनि गर्न नहुने निष्कर्ष निकालेको हो । खनाल–नेपाल समूहले एमाले सरकार बाँकी दुई वर्ष टिकाउन पहल गर्ने र त्यो सरकार वाम गठबन्धन बनाउन लाग्नुपर्ने निष्कर्ष निकालेको छ ।

एमालेको एकता र शक्तिलाई कमजोर पार्ने काम कसैबाट हुन गए पार्टीको एकता र शक्ति जोगाउन थप कदम चाल्ने पनि संकेत उक्त समूहले गरेको छ ।

‘नेकपा एमालेको एकतालाई कमजोर गर्ने काम हुन थालेपछि नहोस् र कसरी सक्रियतापूर्वक लाग्ने, प्रक्रियागत रूपमा अघि बढाउने भन्ने विषयमा छलफल ग¥यौँ,’ भेलामा सहभागी नेता भीम रावलले भन्नुभयो, ‘नेकपा एमालेको एकता र शक्तिलाई कमजोर पार्ने काम कसैबाट पनि हुनुहुँदैन । यदि त्यहाँ बाध्यात्मक स्थिति सिर्जना भएको अवस्थामा थप निर्णय गर्न सकिन्छ ।’

प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव विष्णु पौडेलले पार्टीको औपचारिक बैठक बोलाउन सक्रियता नदेखाएका कारण आफूहरू छलफलमा जुटेको उहाँको भनाइ थियो ।

‘अध्यक्ष र महासचिवले यसमा तदारुकता देखाएर पार्टीका औपचारिक संस्थाहरूको बैठक बोलाउनुपथ्र्यो । तर, बोलाइएन,’ भेलापछि नेता रावलले भन्नुभयो, ‘यसअघि नै बोलाइएको बैठकसमेत स्थगित भएको सुनिएको छ । त्यसकारण हामी छलफलमा जुटेका हौं ।’

नेपाल समूहको जोड माओवादी केन्द्रसँगै मिलेर सरकार बनाउनुपर्नेमा रहेको छ । ‘जनताले कम्युनिष्टहरूलाई मत दिएका कारण अहिले माओवादी केन्द्रसँगै मिलेर सरकार बनाउनुपर्छ भनेर जोड दिएका छौं,’ नेता रावलले भन्नुभयो, ‘प्रधानमन्त्री को हुन्छ भन्ने कुरा अथवा व्यक्तिका विषयमा पार्टीका बैठकबाट तय हुनुप¥यो ।’

नेता रावलले बुधबार कैलालीको धनगढीमा प्रदेश इञ्चार्जको विषयमा भएको विवादबारे पनि आपत्ति जनाउनुभयो । पूर्वपार्टी नै अस्तित्वमा आएपछि अर्को पक्षले विभिन्न ठाउँमा गुण्डागर्दी गरेको, माओवादी केन्द्रसँग एकीकरण हुँदा तोकिएका पदहरूलाई अस्तित्वमा ल्याउन खोजेको र आफूहरूको समूहलाई पेल्न खोजेको लगायतका गतिविधि भएको उहाँको भनाइ थियो ।

‘गुण्डागर्दी शैलीमा पार्टीको कुनै औपचारिक निर्णय नगर्दै माओवादी केन्द्रको नेताको नाममा नेम प्लेट टाँसिदिने, गलत क्रियाकलापहरू गरेर अध्यक्षलाई कुर्सीमा राखिदिने काम भएका छन्,’ रावलले भन्नुभयो, ‘यस्ता गतिविधिहरूले फुट र विभाजन ल्याउने भएका कारण तत्काल रोक्ने र औपचारिक संस्था क्रियाशील हुनुप¥यो ।’

सञ्चारकर्मीको जिज्ञासामा उहाँले नेकपा एमाले पुनः विभाजन हुने कुराको कल्पनासमेत गर्न नसकिने प्रतिक्रिया दिनुभयो । नेपाल समूहले नयाँ बानेश्वरमै आफूनिकट केन्द्रीय सदस्यहरूको भेला डाकेर छलफल गरेको थियो ।

भेलामा मुलुकको पछिल्लो राजनीति घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ । भेलामा सहभागी केन्द्रीय सदस्य झपटबहादुर रावलले समग्र पार्टीलाई कसरी व्यवस्थित गरेर अघि बढ्ने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -