Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४४:०० बिहान
- ADVERTISEMENT -

महिला चेम्बरको ट्रेड फेयर समापन : गोर्खा चेम्बर अफ कमर्स तेस्रो

प्रकाशित मिति: २०७७ फागुन २८, शुक्रबार

650
Shares

काठमाडौँ, शुक्रबार, २८ फागुन २०७७ । नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव तथा १११औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीनदिने ट्रेड फेयर समापन भएको छ । नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको नेपाल महिला चेम्बरले काठमाडौंको होटल र्याडिसनमा आयोजना गरेको मेला बुधबार समापन भएको हो ।

व्यापारिक प्रदर्शनी तथा मेलाका उत्कृष्ट सहभागी एवं स्टलहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पुरस्कृत गरे । पुस्कार वितरण गर्दै महानिरीक्षक खनालले महिलाको सम्मान हुने समाजमात्र सभ्य समाज हुन सक्ने बताए ।

साना र घरेलु उद्योगहरूलाई पवर्द्धन गर्दै मुलुकलाई औद्योगीकरणको मार्गमा लैजान उनले व्यवसायीलाई आग्रह गरे । ‘हामी उद्योग र औद्योगिक क्षेत्रलाई सुरक्षा उपलब्ध गराउन हरदम तयार छौँ,’ उनले भने, ‘स्थानीय सीप र साधन प्रयोग गरी आयात प्रतिस्थापन गर्दै निर्यात वृद्धि गर्न तपाईंहरू सफल हुने विश्वास लिएको छु ।’

मेला समापन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला उद्यमीको हौसला बढाउन र उनीहरूद्वारा उत्पादित सामग्रीहरूको बजारीकरण गर्न कार्यक्रम सफल भएको बताए । ‘हामी महिला उद्यमी तथा व्यवसायीले उत्पादन गर्ने सामग्रीलाई राम्रो प्याकेजिङ गरी निर्यात गर्ने अभियानमा छौँ, अध्यक्ष श्रेष्ठले भने, ‘आउँदा दिनमा पनि चेम्बरले यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ ।’

ट्रेड फेयर आयोजक नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिला उद्यमीको स्तर तथा क्षमता वृद्धि गर्न तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन यस्ता कार्यक्रम गरिरहेको बताइन् । ‘महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्छ, सबै क्षेत्रहरूमा समान अवसर उपलब्ध गराएर विकासको आधार बनाउन सकिन्छ ।’

उत्कृष्ट स्टललाई पुरस्कार

उक्त समारोहमा उत्कृष्ट स्टललाई पुरस्कृत गरिएको थियो । जसअनुसार मण्डला सिल्कले प्रथम स्थान प्राप्त गरेको छ भने अग्नि नेपाल प्रालिले द्वितीय स्थान प्राप्त गरेको छ । यस्तै तृतीय स्थान गोर्खा चेम्बर अफ कमर्सले प्राप्त गरेको छ ।

मेलामा दैनिक उपभोग्य साधन, खाद्यान्न, हस्तकला, परम्परागत सामग्री, गरगहना, कपडा, जुत्ता लगायत ९० स्टल राखिएका थिए । गत सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनले सो मेलाको उद्घाटन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -