काठमाडौं, सोमबार, २४ फागुन २०७७ । सामुदायिक रेडियोहरूको संस्था सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) कांग्रेस–ओली पक्षीय सञ्चारकर्मीहरुको गठबन्धन बनेको छ ।
सो गठबन्धनले सहमति गर्दै घोषणा गरेका छन् । अहिलेसम्म एमाले आबद्ध सञ्चारकर्मीले नेतृत्व गर्दै आएको अकोराबको अध्यक्ष पहिलोपटक कांग्रेसनिकट प्रेस युनियनले पाएको छ ।
घोषणाअनुसार, अध्यक्ष र महासचिव प्रेस युनियन, वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष प्रेस संगठन नेपाल (ओली पक्ष) लाई दिने सहमति छ ।
सो गठबन्धनमा जसपा, नेकपा मसाल, राप्रपा लगायत साना दल आबद्ध सञ्चारकर्मीहरू पनि सामेल छन् ।








































