काठमाडौं, सोमबार, २४ फागुन २०७७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष पूर्व एमाले पुनःस्थापनामा लागेको छ ।
आइतबार सर्वोच्च अदालतले केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्ष रहेको नेकपा खारेज गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिएसँगै ओली पक्ष नेकपा एमाले पुनःस्थापनामा लागेको हो ।
सोहीअनुसार आज मोरङ र नुवाकोटमा नेकपाको कार्यालयमा एमालेको बोर्ड टाँसिएको छ ।
मोरङमा सोमबार ओली समर्थक नेता कार्यकर्ताहरुले नेकपा एमालेको साइनबोर्ड पार्टी कार्यालयमा लगाएका हुन् । उक्त कार्यक्रममा पर्यटन मन्त्री भानुभक्त ढकाल, केन्द्रीय सदस्य विनोद ढकाल गुरु बराल सहभागि थिए ।
यस्तै, नुवाकोटमा पनि एमाले नुवाकोटका तत्कालीन उपाध्यक्ष एवं बागमती प्रदेश सांसद बद्री मैनालीको नेतृत्वमा बोर्ड फेरिएको छ ।
नेकपाको केन्द्रीय कार्यालय रहँदै आएको धुम्बाराहीस्थित कार्यालयमा भोलि बोर्ड फेरिने एक नेताले जानकारी दिए ।








































