काठमाडौं, आइतबार, २३ फागुन २०७७ । काँग्रेस नेता खडकाद्धारा ४२ जना नवप्रवेशिलाई स्वागत गरेका छ्न ।
नेपाली काँग्रेसका युवा नेता डम्बर खडकाले कम्युनिष्टहरुको ढाँटको खेतिदेखि दिक्क भएर अब जनता काँग्रेसमा जिल्ला भर धमाधम प्रवेश गर्न थालेको बताए ।
माइजोगमाइ गाउँपालिक्क्क वडा नं २ जोगमाइले गरेको पार्टी प्रवेश तथा कृयाशिल भेलालाई सम्बोधन गर्दे उनले २७ बर्षसम्म यस क्षेत्रमा राज गरेका पुर्व प्रधान मन्त्रि झलनाथ खनालले जनतालाइ भोट बैकको रुपमा मात्र प्रयोग गरेको बताउँदै इलामको बिकाशका लागी आएको ७२ करोड रकम समेत सर्लाहीमा सर्प पालन तर्फ लगेका बताए ।

उनले इलामको पुर्वी क्षेत्रका सिमा सडक अलपत्र परेको बरबोटेदेखि माबु जोडने पक्कि सडक पनि अब नबन्ने अवस्थामा रहेको बताए ।
उनले चुनाँव ताका सबै काम गर्छु भन्ने झुटको खेति गर्ने कम्युनिष्टहरु जनता देखि नाङो भएको बताँउदै दुइ तिहाइको सरकार सत्ता र कुर्सिको खेलमा अलमलिएर देशलाइ गरीवी तर्फ उन्मुख गराएको र त्यसको परिणाम नेपाली जनताले भोग्नु परेको बताए ।
वडा सभापति मोहन बस्नेतको सभापत्तिवमा भएको पार्टी प्रवेश कार्यक्रममा पुर्व क्षेत्रिय सभापति भिष्म प्रधान क्षेत्रिय सदस्य ज्ञानी काजी आमन्त्रित जिल्ला सदस्य श्याम खडगी लगायतले मन्तब्य राखेका थिए ।
जोगमाइको शनिश्चरे बजार र लोससेमा मिरा थामी रामचन्द्र न्यौपाने लगायत ४२ जना ने क पा परित्याग गरी नेपाली काँग्रसमा प्रवेश गरेका थिए ।
नव प्रवेशिलाइ नेता खडकाले अबिर तथा खादा ओडाएर स्वागत गरेका थिए ।








































