काठमाडौँ, शनिबार, २२ फागुन २०७७ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव नख्खु कारागार पुगेका छन् ।
शनिबार दिउँसो महासचिव विप्लवसहित खड्गबहादुर विश्वकर्मासहितका नेताले नख्खु कारागार पुगेर हेमन्तप्रकाश ओलीलगायत कैदीबन्दीलाई भेटेका हुन् । नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा २०७५ चैतमा काभ्रेबाट पक्राउ परेका ओली पुर्पक्षका लागि थुनामा छन् ।
सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति भइसकेको छ । जसमा पक्राउ परेका विप्लव समूहका नेता कार्यकर्तालाई रिहा गर्ने सहमति पनि भएको छ ।








































