काठमाडौं, बिहिबार, २० फागुन २०७७ । नेपाली कांग्रेसको बैठक आज बिहिबार बस्ने भएको छ ।
सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे बूढानीलकण्ठ स्थित निवासमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुलाई छलफलका लागि बोलाइएको हो ।
फागुन २३ गते बस्ने संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे पदाधिकारी बैठकले तय गर्ने कांग्रेस सचिवालयले जनाएको छ ।
शीर्ष तहमा धारणा तय गरेर संसदीय दल र केन्द्रीय समितिबाट अनुमोदन गर्ने तयारी कांग्रेसको छ । संसदीय दलको बैठक शुक्रबारका लागि बोलाइएको छ भने केन्द्रीय समितिको बैठक शनिबार बस्ने तयारी गरिएको छ ।








































