काठमाडौं, बिहिबार, २० फागुन २०७७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए पछि नहट्ने बताएका छन् ।
बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् । ‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन, काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन।’ देउवाले भने ।
उनले कांग्रेस सरकारमा जान पहिले नेकपा फुट्नुपर्ने बताए । ‘नेतृत्व पाए कांग्रेस सरकारमा जाने हो, पहिला नेकपा फुट्नुपर्यो।’ देउवाले भने ।








































