काठमाडौं, बुधबार, १९ फागुन २०७७ । फेसबुक ग्रुप UNHN मार्फत सामाजिक कार्य गर्दै आएका छ्न ।
अमेरिकामा बसोबास गर्ने तिन जना साथीहरूको परिकल्पनामा सहयोगको लागी खोलिएको फेसबुक ग्रुप हो UNHN.
सन २०१५ अक्टोबरमा हरि अधिकारी, प्रवेश नेपाल र भुवन अक्किमहांग राईको अग्रसरतामा खोलेको फेसबुक ग्रुपको पुरा नाम हो US-Nepal Help Network.
यस ग्रूपमा हाल अमेरिकामा बसोबास गर्ने ३२ हजार नेपाली सदस्य रहेका छन् । अमेरिकामा सर्वाधिक नेपाली सदस्य भएको सबैभन्दा ठूलो मन्च UNHN हो ।
आफूले बिगतमा भोगेको समस्याहरू विधार्थी, डिभीदेखि अन्य भिसामा अमेरिका आउने नयाँहरूले भोग्न नपरोस भनि सुचना र सहयोग आदान प्रदानको लागी खोलिएको ग्रूपले बिगत पाँच बर्षमा थुप्रै किसिमका सहयोग अभियानहरू चलाईसकेको छ । अमेरिकामा बिभिन्न कारणबस ज्यान गुमाएका होस, लुटेराको आक्रमणमा परेर गोली लागेका घाईतेको उपचारार्थ होस् वा स्वास्थ्य र आर्थिक कारणले बिचल्ली भएको नेपालीलाई नेपाल पठाउन होस् लाखौँ डलरको हाराहारीमा सहयोग संकलन गरिसकेको छ ।
ग्रूपमा काम, कोठा, कोठाको लागि रुममेट, कामका अवसर, कानूनी सल्लाह देखी धेरै किसिमका सहयोग आदान प्रदान निशूल्क हुने गर्दछन ।
यस ग्रूपले नेपालमा धुर्मुस् सुन्तली फाउन्डेशनको भुकम्प पिडितको बस्ती निर्माणमा समेत रकम संकलन गरी सहयोग गरेको छ । त्यस्तै चेपांग बस्तीको लागी देखी बाढीपिडित सम्मको लागी रकम संकलन गरी पठाएको छ। बिगतमा फेसबुक ग्रूप MRR तथा WRR सँग पनि सहकार्य गरी सहयोग संकलन गरेको छ। बाढीपहिरो, भुकम्प पश्चात् सहयोग, अनाथलय र वृदाआश्रम, महाबीर पुनको राष्ट्रिय आविष्कार केन्द्र, कोरोना भाईरसको महामारी बिच टुँडिखेलमा निशूल्क खाना खुवाउने जस्ता दर्जनौं सामाजिक कार्य गरेको छ ।
मातृभुमी नेपालमा भएपरी आउने बिपत्ति र अन्य सामाजिक कार्यको लागी ग्रुप सदा अग्रसर हुँदै सहयोगी भुमिका खेल्दै आएको छ ।
ग्रूप निस्वार्थ भावले निशूल्क सहयोगको लागी खोलिएको हुनाले ग्रूपले गर्ने सम्पूर्ण कामहरू निशूल्क नै हुने जानकारी यस ग्रूपका संस्थापक एड्मिनले बताएका छन ।
हालसालै सिरहाको मिर्जापुरका गरिब मुसहर बस्तिको लागी ग्रूपले एक हप्ता मै लक्षित रकम उठाई पठाउन सफल भएको छ । यस कार्यमा UNHN ग्रूपले “न्यु वोर्क काम पोस्ट (NYKP) ” भन्ने न्युयोर्क र छिमेकी स्टेट केन्द्रित अर्को फेसबुक ग्रुपसङ्ग समन्वय गरि नेपालमा आधारित गैरनाफामूलक सामाजिक संस्था हन्ड्रेड्स् ग्रूप (100S ग्रुप) सँग सहकार्य गरेको छ ।
आउँदो दिनमा ग्रूपलाई अझ प्रभावकारी बनाई स्वदेश तथा बिदेशमा रहेका नेपालीहरूको लागी अझै धेरै सहयोग गर्ने लक्ष्य राखेको छ ।









































