काठमाडौं, बुधबार, १९ फागुन २०७७ । नेपाल टेलिकमले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
टेलिकमले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो हालसम्मै थोरै लाभांश हो ।
फागुन १९ गते बसेको कम्पनीको सञ्चालक समितिले गत आवको नाफाबाट सेयरधनीलाई प्रतिसेयर ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल सरकारले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।








































