Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०७:२९ बिहान
- ADVERTISEMENT -

दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा नागरिकता लिएर आउन उर्दी

प्रकाशित मिति: २०७७ फागुन १९, बुधबार

612
Shares

काठमाडौं, बुधबार, १९ फागुन २०७७ । संसद बैठक आह्वान गरिसकेपछिको अवस्थामा अब कसरी अगाडी बढ्ने भन्ने विषयमा नेकपा (दाहाल—नेपाल) समूह छलफलमा जुटेको छ ।

सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसलासँगै १३ दिनभित्र बैठक आह्वान गर्न आदेश दिएपछि २३ गते अपराह्न ४ बजेका लागि बैठक बोलाइएको छ ।

राजनीतिक रुपमा विभाजित भएको करिब ३ महिना वित्नै लाग्दा समेत कानूनी रुपमा दल विभाजनको स्वरुप नलिएको नेकपाका दुबै समूह संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आफ्नो रणनीति तय गरिरहेका छन् । अहिले प्रधानमन्त्री ओली देश दौडाहामा छन्, भने ओलीपक्षका दोस्रो तहका नेताहरु (दाहाल—नेपाल) समूहमा रहेका सांसद तथा नेताहरुलाई आफ्नो पक्षमा तान्ने प्रयत्नमा रहेका छन् । दाहाल—नेपाल समूहको पनि ओलीपक्षका नेता तथा सांसदहरुलाई आफ्नो पक्षमा तान्ने प्रयास नभएको भने होइन ।

दाहाल—नेपाल समूहले बुधबारका लागि स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको छ, आगामी संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न ।

विहान ११ बजेका लागि बोलााइएको स्थायी कमिटी बैठकमा संसदको अधिवेशनमा कसरी अगाडी बढ्ने भन्ने विषय र निर्वाचन आयोग सम्बन्धि विषयमा छलफल हुने नेता हरिबोल गजुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहि एजेण्डा माथि छलफल गर्ने भन्ने छैन । तर संसद आह्वान भइसकेपछि अब कसरी अगाडी बढ्ने र निर्वाचन आयोगबाट दल विभाजनको कानूनी मान्यता नपाएको अवस्थामा सो विषयमा पनि छलफल हुन्छ ।’

अर्का नेता गणेश शाहले पनि बैठकमा छलफल हुने एजेण्डाहरुका बारेमा औपचारिक जानकारी नआएको बताउनुभयो । विशेषगरी संसदमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल हुन सक्ने उहाँले बताउनुभयो । यस्तै पार्टीको आन्तरिक जीवनका विषयमापनि छलफल हुने उहाँको भनाइ छ ।

यो समूहले दलको वैधानिकता दावी गर्दै गत माघ २० मा निर्वाचन आयोगमा दावी पत्र पेश गरेपनि अहिलेसम्म कुनै निर्णय भएको छैन । आयोगले नेकपा विवाद हल गर्न विभिन्न विकल्प माथि छलफल चलाइरहेको छ ।

ओलीविरुद्धको अविश्वासको प्रस्तावफिर्ता हुने !

प्रधानमन्त्री केपीशर्मा ओलीले गत पुस ५ गते संसद विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसँग सिफारिस गरेपछि संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी (दाहाल—नेपाल) समूहले गरेको छ ।

वर्तमान अवस्थामा संसद पुनःस्थापना भएपछि पनि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले यथास्थितिमा समर्थन नगर्ने संकेत गरेपछि प्रस्ताव फिर्ताको तयारी भएको स्रोतको दावी छ ।

नेता गजुरेलले पनि प्रस्ताव फिर्ता हुन सक्ने संकेत गर्नुभयो । स्थायी कमिटी बैठकमा सो विषयमा छलफल हुनसक्ने संकेत गर्नुहुँदै उहाँले भन्नुभयो, ‘अविश्वासको प्रस्ताव फिर्ता हुन सक्छ । पास हुनलाई त सबैको समर्थन चाहियो नी ! अब नयाँ ढंगले अगाडी बढाउने विषयपनि छलफलको विषयहुन सक्छ ।’

कांग्रेस र जसपाले तत्कालिन अवस्थामा अविश्वासको प्रस्तावको पक्ष वा विपक्षमाकुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् । अहिले संसद सचिवालयमा दर्ता भएको प्रस्तावमा पुष्पकमल दाहाललाई भावि प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिएको थियो । तर उहाँ स्वयमले आफुलाई प्रधानमन्त्री बन्ने कुनै इच्छा नभएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार गरेर अगाडी बढ्ने बताइसक्नु भएको छ । संसद पुनःस्थापनाको फैसलाको भोलिपल्ट अध्यक्षद्वय दाहाल र माधवकुमार नेपाल देउवा निवास बुढानिलकण्ठ पुगेर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने शर्तसहित अविश्वास प्रस्ताव पारित गराउन आग्रह गरेका थिए । त्यसको भोलिपल्ट कांग्रेसको पदाधिकारी बैठक बसेपनि कुनै निर्णय भने गरेन ।

नेता गणेश शाह पनि अहिलेको अविश्वासको प्रस्ताव पुरानो भएकाले अब नयाँ ल्याउने विषयमा छलफल हुन सक्ने बताउनुहुन्छ ।

सम्भवतः कांग्रेसलाई मनाउन देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सारेर सो समूहले प्रस्ताव ल्याउने तयारी गरेको छ । बुधबार नै यो विषयमा निर्णय नभएपनि कांग्रेस र जसपासँग छलफल गरेर संसद सुचारु भइसकेपछि यो विषय अगाडी बढ्न सक्ने स्रोत बताउँछ ।

केन्द्रीय कमिटीमा नागरिकता ल्याएर आउन उर्दी

सो समूहले बुधबार १ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकएजेण्डाहरु तय नभएपनिउपस्थित सबैलाई नागरिकतावाकुनै न कुनै परिचयपत्रलिएर आउननिर्देशनदिइएको छ । नेता विष्णु रिजालले ‘नागरिकतालगायतका परिचयपत्रलिएर आउनु’भन्ने सूचनाआफुलाई प्राप्तभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बैठकका एजेण्डाहरु तयभएका छैनन् । सोही बैठकले एजेण्डा तय गरेर छलफल गर्नेछ । छलफलको कुनै जानकारी दिइएको छैन । १ बजे बोलाइएको छ । नागरिकता लगायतका परिचयपत्र लिएर आउनु भन्ने आमन्त्रण छ ।’

सो समूहले फागुन ७ गते बसेको अनौपचारिक बैठकमा पनि नागरिकतासहित उपस्थित हुन केन्द्रीय सदस्यलाई खबर गरेको थियो । त्यो अनौपचारिक बैठकले केन्द्रीय सदस्यहरुलाई राजधानी उपत्यका नछोड्न र पार्टी कार्यालयसँग सम्पर्कमा रहन निर्देशन दिइएको थियो ।

पार्टी कार्यालयको निर्देशनपछि उपत्यका बाहिर विभिन्न कार्यक्रममा रहेका नेताहरु राजधानी फर्कदैछन् । केन्द्रीय कमिटी बैठक बोलाइएपछि कतिपय पूर्वनिर्धारित कार्यक्रम समेत स्थगित गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -