काठमाडौँ, मंगलबार, १८ फागुन २०७७ । कामचलाउ सरकारका शिक्षा मन्त्रीको ठाडो निर्देशनमा झापा स्थित प्रस्तावित बीएण्डसी कलेजलाई एमबिबिएसको सम्बन्धन दिने काठमाडौँ बिश्व बिधालयको सभाको निर्णयप्रति नेपाली कांग्रेस शिक्षा बिभागको गम्भिर ध्यानाकर्षण भएको छ ।
आज एक प्रेस बिज्ञप्ति जारी गर्दै नेकपा सरकार आफैले बनाएको ऐन, नियम तथा विभिन्न समयमा गरेको सम्झौता विपरीत बारम्बार विभिन्न खालका हस्तक्षेपका कार्य गर्नु खेद जनक आपत्तिको कुरा भएको जनाएको हो ।
शिक्षा मन्त्री स्वयमले प्रक्रिया मिचेर बिश्व बिधालयको सवायतत्तामाथि हस्तक्षेप गर्दै राजनीतिक दवाब सृजना नगर्न नेपाली कांग्रेस शिक्षा बिभागले बिज्ञप्ति मार्फत सचेत गराएको छ ।









































