काठमाडौं, मंगलबार, १८ फागुन २०७७ । प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समूहले सरकारसँग वार्ता गर्न खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ।
टोलीमा प्रकाण्ड र पार्टीका केन्द्रिय सदस्य क. दीपक रहेका छन् ।
यसअघि मंगलबार नै सरकारले विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । जसमा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेका छन् ।
यसअघि सो समूहका महासचिव विप्लवले आमजनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्था हुनुपर्ने सर्तमा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका थिए ।
हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भनी सरकारले २०७५ फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।









































