Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४१:३२ बिहान
- ADVERTISEMENT -

विप्लव समुहले सरकारसंग वार्ताको लागि चार वटा शर्त

प्रकाशित मिति: २०७७ फागुन १८, मंगलबार

562
Shares

काठमाडौं, मंगलबार, १८ फागुन २०७७ । प्रतिवन्धित नेकपा विप्लव समुहले सरकारसंग वार्ताको लागि चार वटा शर्त अगाडि सारेको छ । स्रोतका अनुसार विप्लव समुहले आफ्नो पार्टीका नेता कार्यकर्ताको बिना शर्त रिहाई, आफ्नो पार्टीमाथिको प्रतिबन्ध फुकुवा, पार्टी कार्यकर्ता र नेतामाथिको झुठा मुद्दाको खारेजी, र सर्वपक्षिय सरकारको सुनिश्चितता भएमा सरकारसंग वार्ता गर्ने आफ्नो निर्णय सरकारी पक्षलाई सुनाएको छ ।

त्यही शर्तको आधारमा आन्तरिक तयारी गरेपछि सरकारले केही दिनभित्रै त्यसबारेमा विप्लव समुहलाई जानकारी दिने र त्यसपछि वार्ताको थप तयारी गर्ने गरि तयारी भैरहेको एक मन्त्रीले जनतापाटीलाई जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री केपी ओली समेत विप्लवसंग जसरी पनि सार्थकर्तापूर्ण वार्ता गर्नु पर्ने पक्षमा रहेकोले वार्ताको वातावरण वन्दै गएको छ । ‘सबै कुरा बाहिर सार्वजनिक नै हुन्छ भन्ने हुदैंन । विप्लव पक्षसंग सरकारी सूत्रहरु नियमित सम्पर्कमा छन् र धेरै विषयमा छलफल भैरहेको छ । सहमती हुने निश्चित भएपछि बल्ल वार्ताको घोषणा गरिन्छ’ उनले भने ।

प्रतिनिधि सभा पुर्नस्थापना भैसकेको र सरकार कुनै पनि बेलामा ढल्ने अवस्थामा रहेको बेला समेत दुवै पक्षले वार्ताको लागि गंभिरतापूर्वक तयारी गर्नुलाई भने अर्थपूर्णरुपमा लिइएको छ । फागुन २३ गते संसद अधिवेशन शुरु भएपछि प्रधानमन्त्री ओली विरुद्ध अविश्वांसको प्रस्ताव दर्ता हुने प्रायः निश्चित छ । त्यसपछि कुनै चमत्कार भएन भने अहिलेकै सरकार रहने छैन । त्यो अगाडि नै वार्ता भएर सरकारसंग समझदारी हुने संभावना पनि देखिदैन । तर पनि विप्लव पक्ष र प्रधानमन्त्री ओली निकट नेताहरुले वार्ता र सहमतीको लागि गरेको प्रयासलाई भने राजनीतिक विश्लेषकहरु्र नै छक्क परेका छन् ।

‘अहिलेको तयारी हेर्दा सरकार ढले पनि विप्लव र ओली पक्षबीच प्रचण्ड माधव पक्षको विरुद्ध सहकार्य गरेर अगाडि बढ्ने तयारी भएको हो भन्ने देखिन्छ । तर, धेरै कुराहरु रहस्यमा रहेको अहिले नै यही हो भनेर ढुक्कसंग भन्न सकिदैन । सरकार र विप्लव पक्ष दुवै प्रचण्ड माधव पक्षसंग आक्रोशित र एक अर्काप्रति संयमित रहेकोले ओली सरकार ढलेपनि एक अर्काविच कार्यगत गरेर अगाडि बढ्ने तयारी भएको देखिन्छ’ सरकार निकट एकजना राजनीतिक बिस्लेशक्ले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -