काठमाडौं, सोमबार, १७ फागुन २०७७ । पाठेघर क्यान्सर रोगबाट पिडित चिनिमाया शाक्यलाई आर्थिक रकम हस्तान्तरण गरिएको छ ।

गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका वडा नम्बर ४ धावा निवासी बिगत ३ महिनादेखि पाठेघर क्यान्सर रोगबाट पिडित भक्तपुर क्यान्सर हस्पिटलमा उपचार गराइरहनु भएकि चिनिमाया शाक्यलाई उक्त संकलित रकम आज हस्तान्तरण गरिएको हो ।

गोरखाबाट काठमाडौंमा आएर विभिन्न पेशा ब्यवसायमा आबद्धबाट गठन भइ बिभिन्न सामाजिक कार्यमा आवद्ध धावा गोरखा विकास समन्वय समितीद्वारा बिरामीको छोरा मार्फत उपचारका लागि रु ३,६८,४७१।- (अक्षरुपी तिन लाख अरसठि हजार चार सय एकहत्तर रुपैयाँ ) आज एक कार्यक्रम गरी समन्वय समिताका संस्थापक अध्यक्ष रमेश बन्जाराको प्रमुख अथित्यतामा हस्तान्तरण गरिएको छ ।

आफ्नो आम्दानीबाट केही रकम बचाएर यस महान अभियामा २०० भन्दा बढी सहयोगी हातहरुले सहयोग गर्नुभएको थियो ।

समितिका सचिब प्रदिप बन्जाराद्वारा संचालित उक्त कार्यक्रममा अध्यक्ष इन्द्र बहादुर भट्ट क्षेत्रीले चिनिमाया बचाउ अभियानमा सहयोग गर्नु हुने सहयोगी मनलाई धन्यवाद ज्ञापन गर्दै बिरामी चिनी माया शाक्यको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष , सह-कोषाध्यक्ष लगायत सदस्यहरु बिचमा उक्त संकलित रकम हस्तान्तरण गरिएको थियो ।











































