धादिङ्ग, आइतबार, १७ फागुन २०७७ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यान्टार स्थित खोल्सीमा स्थानीवासिहरुद्धारा डोजरमा आगो लगाएका छन् ।
आज सोमबार बिहान घाँस बोकेर आउने क्रममा ४५ वर्षीया सरस्वती कुमाललाई डोजरले ठक्कर दिई मारेर पुर्न लागेको अवस्थामा स्थानीवासिले देखेपछि मान्छे मार्न पाईदैन भन्दै स्थानीयहरुले उक्त डोजरमा आगो लगाएका हुन् ।
घटना भए लगतै जिल्ला प्रहरी कार्यालय धादिङका टोलीहरु घट्ना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख महेन्द्र खड्काले बताउनु भयो । डोजर चालक र सडक पिचमा खटिएका कामदारहरु भने फरार भएका छन् ।








































