Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४१:५१ बिहान
- ADVERTISEMENT -

नेतासहित एक हजारलाई नेता गगन थापाले गरे कांग्रेसमा स्वागत

प्रकाशित मिति: २०७७ फागुन १६, आइतबार

795
Shares

चकमके, आइतबार, १६ फागुन २०७७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी र राप्रपाका सयौँ नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका छन् ।

सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिकाको चकमकेमा शनिबार कांग्रेसले आयोजना गरेको आमसभामा नेता थापाले साढे नौं सयभन्दा धेरै स्थानीय नेता तथा कार्यकर्ताहरूलाई कांग्रेसमा स्वागत गरेका हुन् ।

कांग्रेस प्रवेश गर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका नानीबाबु कार्कीसहितका रहेका छन् ।

नेपाली कांग्रेसका सभापति उज्वल बराललले नेकपा, जसपा र राप्रपाका साढे ९ सयभन्दा धेरै स्थानीय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको जानकारी दिएका छन् ।

चकमकेमा शनिबार आयोजित कांग्रेसको आमसभामा हजारौं कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

कम्युनिस्टहरूले धोका दिएको भन्दै नेकपा छाड्ने नवप्रवेशीहरूले कांग्रेसमा रहेर देश र जनताको सेवा गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरूले कांग्रेसनै सबैभन्दा राम्रो पार्टी रहेछ भन्दै केन्द्रीय सदस्य थापाको हातबाट कांग्रेसको सदस्यता लिएका छन् ।

कांग्रेस नेता थापाले पनि विभिन्न पार्टीबाट कांग्रेसमा प्रवेश गरेका नवप्रवेशीहरूलाई भेदभाव नगरिकन क्षमताका आधारमा जिम्मेवारी दिइने आश्वासन दिएका छन् । उनले कांग्रेस पार्टी कम्युनिस्ट जस्तो झुठको खेती गर्ने पार्टी नरहेको बताए ।

सोही कार्यक्रममा नेता थापाले मुलुक निर्वाचनतिर गएको भन्दै चुनावको तयारीमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए । थापाले कांग्रेस कम्युनिस्टको पुच्छर बनेर सरकारमा नजाने समेत बताएका छन् ।

उनले अबको निर्वाचनमा देशभरि चारतारे झण्डा गाडेर कांग्रेसले बहुमत ल्याउने समेत बताएका छन् । नेता थापाले पार्टीको १४औँ माहाधिवेशन एकतावद्ध भएर मेलमिपाको नीति लिएर गर्नुपर्ने बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -