दाङ, आइतबार, १६ फागुन २०७७ । दाङको तुलसीपुरबाट लागुऔषध ओसारपसारको आरोपमा एक महिलालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी तुलसा पोखरेल रहेको प्रहरी स्रोतले बताएको छ ।
उनले स्कुटरको डिक्कीमा लागुऔषध राखेर ओसारपसार गरिरहेको अबस्थामा आईतबार दिउँसो पक्राउ गरिएको प्रहरीले बताएको हो । अहिले ईलाका प्रहरी कार्यालय तुलसीपुरले यस विषयमा अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताउनु भयो ।
उनी उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी कान्छी श्रीमती हुन् ।








































