इलाम, शुक्रबार, १४ फागुन २०७७ । इलाममा २५ परिवारले नेकपा कार्यकर्ताले पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् । वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको इलाम १ नम्बर निर्वाचन क्षेत्रका नेकपा कार्यकर्ताहरु पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन ।
शुक्रबार नेपाली कांग्रेस माइजोगमाई ५ सोयाङ वडा समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा माइजोगमाइ ५ मा २५ घर प्रवेश गरेका छन । कांग्रेसमा प्रवेश गर्नेहरूमा राम मादेन , कुमार सुन्दास अमर थेवे कल्पना कुँइकेल चन्द्र साँवा लयागतलाईकांग्रेसका युवा नेता डम्बर खड्काको प्रमुख आतित्थतामा भएको कार्यक्रममा खड्काले नवप्रवेशीलाई खादा ओढाएर स्वागत गरे ।
पुर्व प्रधानमन्त्री मनमोहन अधिकारी र साहना प्रधानले प्रशिक्षण गरेका इलामका पुराना कम्युनिष्ट कार्यकर्ता अब यो पाटीबाट केहि नहुने सँधै ढाँटने जनतालाइ झुक्याउने चुनावमा आएर बिश्वस्त पार्ने तर सिन्को नभाँच्ने भन्दै काँग्रेस प्रवेश गरेको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनाललाई यतिका बर्ष सम्म जिताएर पठाउँदा समेत इलामले केही नपाएको बताउँदै नवप्रवेशीहरूले अब कांग्रेसबाट मात्रै आशा बाँकी रहेको बताए । कम्युनिष्टहरुमा पदको लोभ, विवाद र झगडा गरेर गाउँ विकासमा समय नदिएको नवप्रवेशीहरुले धारणा राखेका थिए ।
युवा नेता खड्काले सम्पूर्ण नवआगन्तुकलाई स्वागत गर्दै इलामको दुःखसुखमा हरपल साथ दिने बताए । कम्युनिस्टहरूले चुनावका बेला मात्रै ठूल्ठूला कुरा गर्ने र सरकारमा पुगेपछि केही काम नगरेर जनतालाई धोका दिएको नेता खड्काले बताए ।
कांग्रेस बोलेको कुरा गर्छ, नगर्ने कुरा कांग्रेसले बोल्दैन,’ नेता खड्काले भने, ‘कांग्रेसले बेइमानी गर्नु, भ्रष्टाचार गर्नु, जनतालाई धोका दिनु सिकेको छैन ।’ कार्यक्रममा ने का जिल्ला सदस्य हुकुम थेवेले नेपाली जनताले पाँच बर्ष नेकपा लाइ दिएको बहुमत कर्सीको स्वार्थमा लागेर नेपाली जनतालाइ बन्धक बनाएरु अस्थीरता तर्फ लगेको बताए कार्यक्रममा पुर्व जिल्ला कोषाध्यक्ष श्याम खडगीले स्थानिय सिद्धदेवी आधारभुत बिद्यालय र अन्य बिद्यालयका बिद्यार्थीहरुलाइ कापीबितरणगर्नु भएकोथियो ।
नव प्रवेशिलाई स्वागत पछि ५ जना गरीब दुखि लाई नेता खडकाले ब्ल्याँकेट बितरण गरका छन । साथै, उनले क्यान्सर पिडित दल ब थलाङ लिम्बु मृर्गौला पिडितलाई उनीहरुको घरमा पुगेर बिरामी हेरेपछि परिवार मार्फत् पाँच हजारका दरले उक्त रकम हस्तान्तरण गरेका हुन ।


















