काठमाडौं, बिहिबार, १३ फागुन २०७७ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले लामो समयदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका पर्वत जिल्ला सभापति खिम प्रसाद भुसालको स्वास्थ्य अवस्था बारे जानकारी लिनु भएको छ । उहाँसंगै नेपाल तरुण दल केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङ, प्रदेश सभा उम्मेद्वार राजेन्द्र तिवारीलगायत अस्पताल पुग्नु भएको छ ।
उहाँको स्वास्थ्यका विषयमा अस्पतालमा रहेका चिकित्सक र भुसालसँग स्वास्थ्य अवस्था बारे जानकारी लिनुका साथै नेता खाँडले शिघ्र स्वास्थ्य लाभका कामना समेत गर्नु भएको थियो ।









































