काठमाडौं, बिहिबार, १३ फागुन २०७७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरुको बैठक बोलाएका छन् ।
सभापति देउवाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न पदाधिकारी बैठक डाकेका हुन ।
आज अपरान्ह ३ बजेका लागि कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको छ। पार्टी सभापति देउवाको निवासमा पदाधिकारी बैठक बस्ने भएको हो ।
बुधबार नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले देउवालाई भेटेर मिलेर जाने प्रस्ताव गरेका थिए ।
देउवाले पार्टीमा छलफल गरेपछि मात्रै आफूले निर्णय दिन सक्ने जवाफ दिएका थिए । आफ्नो पार्टीमा आन्तरिक छलफलपछि फेरि छलफलमा जुट्ने गरी बुधबार बैठक सकिएको थियो ।








































