काठमाडौँ, नेपाली कांग्रेस केन्द्रीय श्रमिक तथा ट्रेड युनियन विभागको सदस्यमा श्याम लामालाई मनोनित गरिएको छ ।
नेपाली कांग्रेसको बिधान, २०१७ (संसोधन सहित) को धारा २५ (९) बमोजिम चितवनका श्याम लामालाई कांग्रेस केन्द्रीय श्रमिक तथा ट्रेड युनियन विभागको सदस्यमा मनोनित गरिएको हो ।
पार्टीको केन्द्रीय श्रमिक तथा ट्रेड युनियन विभागका साथै समग्रमा, नेपाली कांग्रेस पार्टीलाई गतिशील बनाउन विभागको सदस्यमा मनोनित गरिएको पार्टी सभापति शेर बदादुर देउवाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।









































