काठमाडौँ, बुधबार, १२ फागुन २०७७ । नेप्सेको प्रणालीमा समस्या देखिएको छ ।
बुधबार कारोबार खुलेसँगै बढ्न शुरु भएको बजार एक्कासी ८२ अंकले घटेको हो । नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा)को सेयर भाउ शतप्रतिशतले घटेको छ । कुनै पनि कम्पनीको सेयर मूल्य एकैदिन १० प्रतिशत भन्दा धेरैले घट्न वा बढ्न सक्दैन तर, निफ्राकाे सेयर भाउ शतप्रतिशतले घटेपछि सामाजिक सञ्जालमा हल्लीखल्ली मच्चिएको छ।
बजार पोजिटिभ नै रहेको तर, निफ्राको सेयर मूल्य शतप्रतिशतले घटेको देखाउँदा समस्या भएको बताइएको छ ।यसबाट लगानीकर्ता अन्योलमा परेका छन् ।








































