काठमाडौँ, बुधबार, १२ फागुन २०७७ । नेकपा प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा पुनर्स्थापना भएको खुसियालीमा काठमाडौंमा विजय जुलुस निकालेको छ ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभाको असंवैधानिक विघटनको सिफारिशलाई मंगलबार उल्टाइदिएपछि प्रचण्ड–नेपाल पक्षले विजय जुलुस निकालेको हो ।








































