Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
६:२२:३७ बेलुका
- ADVERTISEMENT -

नयाँ पुस्ताको काँधमा अशल बन्ने जिम्मेवारी : प्रवक्ता शर्मा

प्रकाशित मिति: २०७७ फागुन १०, सोमबार

697
Shares

काठमाडौँ, सोमबार, १० फागुन २०७७ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको राजनीतिक पुस्ताले समाजलाई अशल चरित्रका आधारमा स्थापित गर्न नसकेकाले नयाँ पुस्ताको काँधमा अशल बन्ने जिम्मेवारी थपिएको बताएका छन् ।

‘करियर प्वाइन्ट एजुकेसन सर्भिसेज’ ले स्वदेशमै उत्कृष्ट उच्चशिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यले आज आयोजना गरेको दोस्रो ‘करियर फेस्ट’ नामक मेलामा कक्षा १२ पछि उपयुक्त उच्चशिक्षको खोजीमा रहेका युवाहरुलाई प्रोत्साहित गर्दै उनले ‘माथिमाथि पुग्ने आकाङ्क्षा भन्दा तलतलबाट सागरमा पुग्ने लक्ष्य लिएमा प्रगतिपथमा पुगिने तर त्यसका लागि निरन्तर बगिरहनुपर्ने’ सन्देश दिए ।

टेलिभिजन कार्यक्रम ‘ऐना’ का प्रस्तोता उनले समाजमा लोकतान्त्रिक अधिकार, विकास र समृद्धिका नारा स्थापित भए पनि व्यवहारमा हत्या, हिंसा र अन्याय कायम रहेकाले यसलाई चिर्न सक्ने नयाँ नेतृत्वको खाँचो रहेको औल्याए ।

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले ‘उज्यालो नेपाल अभियान’ को आधारभूमिबारे व्याख्या गर्दै हरेक व्यक्तिले आफूमा रहेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेमा देश समृद्ध हुने बताए । उनले कठिन स्थितिमा पनि जोखिम मोलेर समयमा निर्णय लिने तथा परम्परागत कर्मचारीतन्त्रलाई त्यागेर सेवाग्राहीको सेवा र विश्वास आर्जन गर्न समर्पित भएमा हरेक संस्थाका व्यवस्थापक र व्यावयायी सफल हुने अनुभव सुनाए ।

टेक्सस इन्टरनेशनल कलेजका प्रिन्सिपल भेषराज पोखरेलले आफूहरु विद्यार्थी हुँदा पनि नेताहरुले लोकतन्त्रकै पाठ सिकाउने गरेको र आफू शिक्षक हुँदा पनि उही लोकतन्त्रबारे सुन्नुपर्ने स्थितिबाट युवाहरुलाई मुक्त गराई स्वदेशमै आफ्नो ज्ञान, सीप र क्षमताको सदुपयोग हुने वातावरण सिर्जना गर्नुपर्ने बताए ।

मेलामा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यलाय, पोखरा विश्वविद्यालय आदिबाट सम्बन्धनप्राप्त व्यवस्थापन र सूचना तथा सञ्चार प्रविधि विषयमा अध्यापन गर्ने कलेजका २० भन्दा बढी स्टल रहने तथा दुई हजार भन्दा बढी विद्यार्थीले अवलोकन गरेको सो सर्भिसेजका प्रबन्ध निर्देशक विशाल केसीले जानकारी दिए।

उच्चशिक्षाको तयारीमा रहेका विद्यार्थीलाई केन्द्रित गरेर ‘नेपाल टिन लिडर्स’ को सहयोगमा आयोजना भएको मेलामा विज्ञबाट परामर्श र अनुभव आदानप्रदान गराइको थियो । सोही क्रममा विभिन्न कलेजले छात्रवृत्तिको सुविधा घोषणा गरिएको थियो । सोही क्रममा नबील बैँकका नायब कार्यकारी निर्देशक मनोज ज्ञवाली, प्रस्तोता सन्दीप क्षेत्री, सृष्टि केसी, अल्मोडा राना उप्रेतीलगायतले विद्यार्थीको अशल तथा व्यावसायिक भविष्यका लागि अभिप्रेरणामूलक प्रस्तुति दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -