Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५७:०५ बिहान
- ADVERTISEMENT -

लोकतन्त्र रक्षा गर्न नसकेको र चुनावमा समृद्ध नेपाल बनाउने सपना देखाएर जनतालाई झुक्याए

प्रकाशित मिति: २०७७ फागुन १०, सोमबार

466
Shares

स्याङ्जा, सोमबार, १० फागुन २०७७ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग माफी माग्नुपर्ने बताएका छन् । नेपाल तरुण दल आँधिखोला गाउँपालिका स्याङ्जाद्वारा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका छन् ।

नेता पौडेलले ओली सरकारले कुनै काम गर्न नसकेको, लोकतन्त्र रक्षा गर्न नसकेको र चुनावमा समृद्ध नेपाल बनाउने सपना देखाएर जनतालाई झुक्याएको आरोप लगाए । नेकपाको दुई तिहाइ बहुमत प्राप्त सरकारले देशको सही नेतृत्व गर्न नसकेको उनको भनाइ थियो ।

‘लामो समयपछि आन्दोलनबाट प्राप्त लोकतन्त्र नेकपा सरकारमा गएपछि झन् धरापमा पार्दै गएको छ, ३ वर्षसम्म कुनै ठोस परिवर्तन हुन सकेको छैन, देशका समस्याहरू दिन प्रतिदिन बढ्दै गएको छ । कोभिडको कारणले जनता अप्ठ्यारोमा पर्दा पनि सरकारले कुनै योजना ल्याउन सकेन, समयमा मल उपलब्ध गराउन सकेन, चौतर्फी भ्रष्टाचार र महँगी मौलाएको छ । सरकारले कुनै कारवाही गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सकेन, नेकपाको पार्टी पनि असफल भइसकेको छ’, उनले भने ।

ओली सरकारले गराउने चुनाव निष्पक्ष नहुने उनले दाबी गरे । ‘असंवैधानिक कदम नसच्चिई गरेको चुनावको वैधानिकता हुँदैन । त्यो झन् असंवैधानिक हुन्छ । त्यसमा कांग्रेस प्रस्ट हुनुपर्छ, केपी ओलीका कदम नसच्चिएसम्म चुनावमा जानु भनेको असंवैधानिक कदमलाई स्वीकार्नु हो,’ नेता पौडेलले भने ।

ओलीको तानशाही व्यवस्थालाई लोकतान्त्रिकको संज्ञा दिने प्रयत्न गर्नु एउटा असत्यलाई अर्काे असत्यले ढाकछोप गर्ने प्रयत्न गरेजस्तै भएको उनले बताए ।

कार्यक्रममा उनले भने, ‘शक्ति पृथकीकरणको सिद्धान्त कांग्रेसले स्थापना गरेको मुद्दा हो । यसले स्वतन्त्र अदालतको परिकल्पना गरेको छ । तर, स्वतन्त्र भएर फैसला गर्दैगर्दा आन्दोलनबाट प्राप्त भएको शक्ति पृथकीकरणको सिद्धान्तलाई मार्न मिल्दैन । अदालतले कुल्चिने प्रयास गर्यो भने न्यायालयको दिवाल भित्र नै न्याय मर्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -