Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:०२:३८ बिहान
- ADVERTISEMENT -

उद्यमशीलताको विकासबाट मात्र समृद्धि सम्भव हुन्छ : प्रदेश प्रमुख शेरचन

प्रकाशित मिति: २०७७ फागुन ८, शनिबार

472
Shares

पोखरा, शनिबार, ८ फागुन २०७७ । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले स्वदेशको माया गरेर उद्यमशीलतामा लाग्ने युवाबाट देशको समृद्धि सम्भव हुने बताएका छन् ।

पोखरा–८ सिमलचौरमा सात जना युवाले सञ्चालन गरेको ‘सेभेन स्टार फुड एण्ड मार्ट’को शनिबार उद्घाटन गर्दै उनले युवाको जोश जाँगर र सामूहिक भावनाबाट मात्र मुलुकले गति लिने बताए ।

प्रदेश प्रमुख शेरचनले देशको माटोको माया गरेर जन्मभूमि प्रतिकर्म गर्ने युवाप्रति सधै गर्व लाग्ने बताउँदै स्वदेशमा केही गर्न चाहनेलाई सबैले प्रोत्साहन गरेर हौसला प्रदान गर्नुपर्नेमा जोड दिए । आफू कन्दमूल खाएर गाउँ घरका आँगन पिँढीमा सुतेर आएको मान्छे भएकाले प्रदेश प्रमुख हुनुमा कुनै दम्भ र घमण्ड नभएको उल्लेख गर्दै उनले युवा व्यवसायीलाई पनि कुनै घमण्ड नराखी सामाजिक छविको साथ व्यवसायी पहिचान बनाउन सुझाव दिए।

प्रदेश प्रमुख शेरचनले भने, “कुनै पनि पद क्षणिक हुन्, क्षणिक पदको दम्भ हुनुहुँदैन, हजुरहरु पनि करोडको मालिक भएँ भन्ने दम्भ अरुलाई नदेखाउनुस्, सबैसँग मिजासिलो भएर कर्म गर्नुस र आफ्नो पहिचानलाई सदा उच्च बनाउनुस् ।” उनले लगानी गर्ने वित्तिकै दोब्बर तेब्बर मुनाफाको आशा गर्दा समस्या सृजना हुने भएकाले कुनै पनि परिस्थितीमा विचलित नभइ कर्ममा विश्वास गरेर अघि बढे सफल हुन सकिने बताए ।

गण्डकी प्रदेशसभा सदस्य राजिब पहारीले सात युवाको सामूहिक भावनाबाट सुरु भएको व्यवसायको सफलताको शुभकामना दिँदै स्वदेशी उत्पादनमा जोड दिएर अघि बढ्न सुझाव दिए । उनले विकासको सूचक पूर्वाधार मात्र नभइ स्वदेशमा कति युवा उद्यमशीतमा छन्, कतिले रोजगार पाएका छन् भन्ने कुराले पनि निर्धारण गर्ने भएकाले युवालाई स्वदेशमा लगानी गर्ने वातावरणमा सबैले साथ र सहयोग दिनुपर्नेमा जोड दिए ।

अर्का प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कोभिड–१९ का कारण धेरै व्यवसायी व्यवसायबाट पलायन भइरहेका अवस्थामा सात युवाको साझा उद्देश्यले फुड एण्ड मार्ट सञ्चालनमा आउनु सकारात्मक भएको बताए । आफू व्यवसायबाट ने राजनीति क्षेत्रमा प्रवेश गरेको अनुभव सुनाउँदै उनले गण्डकीमा कम्पनी रजिष्ट्रारको कार्यालय नहुँदा व्यवसायीले थुप्रै झमेला भोग्नु परेको बताए ।

पोखरा–३३ का वडाअध्यक्ष शिवप्रसाद आचार्यले समृद्धिको सपना कर्मले स्थापित हुने बताउँदै युवालाई सबैले हौसला दिनुपर्ने धारणा राखे । पोखरा चेम्बर अफ कमर्शका अध्यक्ष किसान सुनारले सामूहिक भावनामा शक्ति हुने भएकाले आर्थिक समृद्धिमा युवाको सहभागिता महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

उक्त फुड एण्ड मार्टका अध्यक्ष राजु भुवाइँले स्वदेशमा नै केही गरौँ भन्ने सामूहिक भावना भएका सात युवा साथी मिलेर रु १० करोडको लगानीमा फुड एण्ड मार्ट सञ्चालनमा ल्याएको जानकारी दिए । उनले भने, “हामीले भौतिक संरचना निर्माण गर्दै गर्दा कोभिड–१९ को चपेटामा पर्यौँ, तर पनि हामी विचलित नभई चुनौतीभित्र अवसर खोजेर अगाडि बढ्यौ र आज सञ्चालनमा ल्याउन सफल भयौँ ।”

उनकाअनुसार हाल फुड एण्ड मार्टमा ३५ जनालाई रोजगारी दिएको छ । यो रेष्टुरेण्टमा पारिवारिक वातावरणमा विभिन्न स्वादिष्ट खानाका परिकार पाइन्छ भने १२० ग्राहक अटाउने क्षमता रहेको छ । त्यसैगरी मार्टमा दैनिक उपभोग्य सामग्रीलाई प्राथमिकता दिइएको छ । निकट भविष्यमा नै स्थानीय उत्पादनलाई प्राथमिकता दिएर तरकारी, फलफूल र मासु बिक्री केन्द्र राखिने अर्का सञ्चालक डिल्लीराम पनेरुले जानकारी दिए ।

युवा राजु भुवाइँ, कुष्ण रानाभाट, बाबुराम उपाध्याय, रामप्रसाद पौडेल, डिल्लीराम पनेरु, अर्जुन अधिकारी र सूर्यराज अधिकारीले उक्त फुड एण्ड मार्टमा सामूहिक लगानी गरेक हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -