काठमाडौँ, शनिबार, ८ फागुन २०७७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला पन्तको हत्यारा कानुनको पञ्जा नजिक आइसकेको बताएका छन् ।
शनिवार विराटनगरमा आयोजित नेकपा ओली समूहको सभालाई सम्बोधन गर्दै बादलले निर्मलाको हत्यारा र बलात्कारी पनि कानुनको पञ्जाको नजिक आइसकेको र कठघरामा उभ्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘निर्मलाको हत्यारा, बलात्कारी पनि अब हाम्रो कानुनको पञ्जाको नजिक आइसकेको छ’, उनले भने, ‘त्यसलाई पनि हामी छिट्टै कानुनको कठघरमा उभ्याउनेछौँ।’
मन्त्री बादलले भागरथी भट्टको बलात्कारपछि हत्या गर्नेलाई प्रधानमन्त्रीले पानीमुनि गए पनि नछा्ने उद्घोष गरेको र सोही अनुरुप दोषीलाई पक्राउ गर्न सफल भएको पनि उल्लेख गरे ।








































