गोरखा, के पी भट्ट, ८ फागुन २०७७ । गोरखा नेपाली कांग्रेस भिमसेन थापा गाउँपालिका वडा नम्बर ३ ले वडा भित्र बसोबास गर्ने ७० बर्ष भन्दा माथि उमेरका जेष्ठ नागरिकलाई फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर सम्मान गरेको कार्यक्रमका संयोजक यदु लामिछानेले जानकारी दिनु भयो ।

कार्यक्रम नेपाली कांग्रेस का केन्दिय सदस्य चिनकाजी श्रेष्ठको प्रमुख आतिथ्यता , नेपाली कांग्रेस गोरखाका पाटी सभापति हरि बहादुर घले को विशेष आतिथ्यता मा सम्पन्न भयको थियो । कार्यक्रममा नेपाली कांग्रेस युवा नेता राजेन्द्र बजगाई , जिल्ला सचिव द्रय नन्द प्रसाद न्यौपाने , पुर्ण दाहाल ,गोरखा नगरपालिका का मेअर राजनराज पन्त , ठाकुर पुडासैनी , नेपाल शिक्षक संघ गोरखा का सभापति लुमनाथ लामिछाने ,ठाकुर भट्ट , भिमसेन गाउँपालिका वडा नम्बर ३ का वडाअध्क्षय लिला नाथ लामिछाने लगायत गोरखा काग्रेस को नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा मन्तव्य राख्ने नेताहरुले भिमसेन गाउँपालिका वडा नम्बर ३ कांग्रेसले जेष्ठ नागरिक सम्मान गरेर अत्यान्त राम्रो काम गरेको बताएको थिए।
वडा कांग्रेस वडा भित्र सधै विकास निर्माण को कार्य लगायतमा मा सक्रिय हुदै आयको र केहि रचनात्मक कार्य गर्ने क्रम्मा वडा भित्र बसोबास गर्ने २२० जना जेष्ठ नागरिक लाई प्रमाण पत्र र दोस्ला सहित सम्मान गरेको वडा कांग्रेसका सभापति ऋसि राम लामिछानेले जानकारी दिनु भयो ।








































