Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:०४:५८ बिहान
- ADVERTISEMENT -

प्रतिनिधि सभा विघटनबारे पार्टीमा कुनै भिन्‍न मत छैन : प्रदीप पौडेल

प्रकाशित मिति: २०७७ फागुन ७, शुक्रबार

742
Shares

काठमाडौं, शुक्रबार, ७ फागुन २०७७ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रतिनिधि सभा विघटनका बारेमा पार्टीमा कुनै पनि प्रकारको भिन्न मत नभएको बताएका छन् ।

नुवाकोट कांग्रेसको नवनिर्मित भवन उद्घघाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा विघटनका बारेमा कांग्रेसमा फरक–फरक मत नरहेको बताएका हुन् ।

“पदाधिकारी बैठकले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भनेको थियो । केन्द्रीय कार्यसमिति बैठकले पनि पदाधिकारी बैठककै निष्कर्षलाई पारित गरेको छ,” नेता पौडेलले भने, “बहुमतले होइन । सर्वसम्मत निर्णय गरेको हो । संसद् विघटनका बारेमा कांग्रेसमा फरक–फरक मत छैन ।”

उनले कांग्रेस स.विधानवादमा विश्वास राख्ने पार्टी भएको प्रष्टिकरण दिँदै प्रतिनिधि सभा विघटनका विषयमा कांग्रेस कतै पनि नअल्झिएको जिकिर गरे । नेता थापाले कांग्रेसले सर्वोच्च अदालततको स्वतन्त्रता र निष्पक्षतालाई कायम गर्ने काम गरेको भन्दै अदालतलाई कांग्रेसको मान्यता सुरक्षित गरिदिन पनि आग्रह गरे ।

“म सम्माननीय अदालतका न्यायाधीशज्यूहरुलाई भन्न चाहन्छु शक्ति पृथकीकरणको सिन्द्धान्तलाई कांग्रेसले मान्दछ । अदालतको स्वतन्त्रता र निष्पक्षतालाई कायम गर्ने काम कांग्रेसले गरेको हो । त्यसैले कांग्रेसको मात्यतालाई तपाईंले सुरक्षित गर्दिनुस्,” उनले भने ।

नेता पौडेलले अदालतले स.विधानको धाराभित्र बसेर फैसला गर्ने भन्दै प्रतिनिधि सभा पुनःस्थापना भएपछि सरकारको असंवैधानिक कदम सच्चिने पनि बताए ।

“अदालतले पनि संविधानको धाराभित्र बसेर निर्णय गर्ने हो । अदालतले संविधान संशोधन गर्न मिल्दैन,” पौडेलले भने, “अदालतले संविधानभित्रै शब्दलाई प्रयोग गरेर निर्णय गर्ने हो । त्यसकारण यो असंवैधानिक कदम संसद् पुनःस्थापना पछि सच्चिने छ ।”

उनले गणतन्त्र विरोधीले गणतन्त्रको नेतृत्व गरेका कारण मुलुक संकटमा फसेको पनि टिप्पणी गरे । “गणतन्त्रको नेतृत्व गणतन्त्र विरोधीले नेतृत्व गरेपछि फस्टाउने कुनै भएन,” नेता पौडेलले भने, “यो भनेको बदरलाई कमैबारी हेर्न लगाउनु जस्तो हो ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -