Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२२:०३ बिहान
- ADVERTISEMENT -

कृषकमा उत्साह थप्दै निःशुल्क पशु बीमा

प्रकाशित मिति: २०७७ फागुन ६, बिहीबार

499
Shares

बागलुङ, बिहिबार, ६ फागुन २०७७ । व्यवसाय दर्ता गरी पशुपालनमा आबद्ध कृषकले पालेका चौपायाको निःशुल्क बीमा गर्न थालिएको छ । पशु बीमाको ७५ प्रतिशत रकम सङ्घीय सरकार र २५ प्रतिशत रकम गण्डकी प्रदेश सरकारले तिर्ने भएपछि दर्तावाला फार्ममा रहेका पशुको निःशुल्क बीमा गर्न थालिएको हो ।

चालू आर्थिक वर्ष २०७७÷७८ को पहिलो छ महिनामा १९ जना कृषकले निःशुल्क पशु बीमाको सुविधा प्राप्त गरेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्राविधिक केशव पौडेलले जानकारी दिनुभयो । निःशुल्क बीमाका लागि २९ जना फार्म सञ्चालकले आवदेन दिएकामा बाँकी १५ जनालाई थप कागजात पेस गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

यसअघि पशु बीमाको प्रिमियम शुल्कबापत नेपाल सरकारले ७५ प्रतिशत र कृषकले २५ प्रतिशत रकम तिर्नुपर्ने व्यवस्था थियो । गण्डकी प्रदेश सरकारले दर्तावाला फार्ममा रहेका पशुको बीमाबापत कृषकले तिर्नुपर्ने रकमको जिम्मेवारी लिएको हो । दर्ताबिना सञ्चालन भएका फार्म तथा व्यक्तिगत प्रयोजनका लागि पालिएका पशुको बीमाका लागि भने कृषकले तिर्नुपर्ने रकम स्वयं कृषकले नै भुक्तानी गर्नुपर्ने हुन्छ ।
बागलुङमा व्यावसायिक चौपायापालन गरेका अधिकांश कृषक पशु बीमाप्रति आकर्षित बन्दै गएका छन् ।

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका अनुसार गत वर्ष ६२५ गाई, ८९० भैँसी, एक हजार ३२५ बाख्रा, १४५ बङ्गुर, २१ हजार कुखुरा र २० रोपनी क्षेत्रफलमा पालिएका माछाको बीमा गरिएको थियो ।

यहाँ निर्जीवन बीमा कम्पनीले पशु बीमाका योजना लिएर किसानको गोठगोठमा पुग्न थालेका छन् । पशु बीमाका फाइदाबारे बीमा कम्पनीका प्रतिनिधिले कृषकलाई बुझाउन थालेपछि किसान पनि आकर्षित भएको प्राविधिक पौडेलले बताउनुभयो ।

बीमा गरेपछि एक वर्षभित्र पशु मरेमा त्यसको मूल्यको ९० प्रतिशत कम्पनीले किसानका घरमै पुगेर दिन थालेका छन् । व्यावसायिक रूपमा पशुपालक कृषकले बीमा गरेपछि पशुमा लाग्ने महामारी रोगबाट हुने क्षतिको सामना गर्नुपर्दैन । व्यवसायमा गरेको लगानी खेर जानबाट जोगिन बीमा धेरै प्रभावकारी हुने कृषक खडक विकले बताउनुभयो ।

बीमा गरेका पशु दुर्घटना, रोग तथा महामारीबाट मरेको खण्डमा बीमा कम्पनीले भुक्तानी दिने उहाँको भनाइ छ । “सुरुमा के हो के हो भन्ने लागेको थियो,” उहाँले भन्नुभयो “आफूले नै उपयोग गरेपछि स्पष्ट भयो । ” बीमाले पशुमा भएको क्षति न्यूनीकरणमा राहत मिल्ने उहाँको भनाइ छ ।

बीमित पशुलाई कम्पनीले सिरियल नम्बरसहितको ट्याग कानमा लगाइदिन्छन् । बीमा दाबी गर्न कृषकले पशु मरेको तीन दिनभित्र कम्पनीमा जानकारी गराउनुपर्ने व्यवस्था छ । मरेको पशु गाडेको वा जलाएको प्रमाणसहित पशु प्राविधिकको सिफारिसपत्र कम्पनीमा पेस गरेपछि दाबी भुक्तानी पाउने प्राविधिक शर्माले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -