गोरखा, के पी भट्ट, ६ फागुन २०७७ । गोरखा भिमसेन ३ वडा कांग्रेसले जेष्ठ नागरिक सम्मान गर्ने भएको छ ।
गोरखा नेपाली कांग्रेसद्वारा भिमसेन थापा गाउँपालिका वडा नम्बर ३ ले वडा भित्र बसोबास गर्ने ७० बर्ष भन्दा माथि उमेरका जेष्ठ नागरिकलाई फागुन ७ गते प्रजातन्न्र दिवसको अवसर पारेर सम्मान गर्न लागेको कार्यक्रमका संयोजक यदु लामिछानेले जानकारी दिनु भयो ।
वडा कांग्रेस वडा भित्र सधै विकास निर्माणको कार्य लगायतमा सक्रिय हुदै आएको र केहि रचनात्मक कार्य गर्ने क्रम्मा वडा भित्र बसोबास गर्ने २२० जना जेष्ठ नागरिकलाई प्रमाण-पत्र र दोसल्लासहित सम्मान गर्न लागेको वडा कांग्रेसका सभापति ऋषी राम लामिछानेले जानकारी दिनु भयो ।








































