Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१९:२४ बिहान
- ADVERTISEMENT -

सत्तास्वार्थले अन्धा भएका निरंकुश तत्वहरूबाट विदेशी शक्तिलाई आमन्त्रण : नेता श्रेष्ठ

प्रकाशित मिति: २०७७ फागुन ५, बुधबार

473
Shares

काठमाडौं, बुधबार, ५ फागुन २०७७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले सत्तास्वार्थका कारण विदेशी शक्तिलाई निम्तो दिइरहेको आरोप लगाएका छन् ।

बुधबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले विदेशी शक्तिको आडमा सरकार अघि बढ्न खोजेको बताएका हुन् । ‘‘देश गम्भीर संकटबाट गुज्रँदै छ । संविधान र लोकतन्त्रमाथि मात्र प्रहार भइरहेको छैन, पुनः वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ ।

सत्तास्वार्थले अन्धा भएका निरंकुश तत्वहरूबाट विदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भइरहेको छ,” उनले भनेका छन्, “विदेशी शक्तिहरू कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भनेर सूक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेका छन् । सम्पूर्ण देशभक्त शक्तिहरू एक होऔँ । प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गरौँ । राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गरौँ ।”

श्रेष्ठ प्रचण्ड–नेपाल समूहले बनाएको प्रतिगनविरोधी संघर्ष समितिका संयोजक पनि हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमविरुद्ध प्रचण्ड–नेपाल समूह चरणबद्ध आन्दोलनमा पनि छ । आजैबाट अर्को चरणको आन्दोलन पनि सुरु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -