Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:०४:२० बिहान
- ADVERTISEMENT -

भागरथीको हत्या आशंकामा एक सरकारी कर्मचारीसहित तीन जना नियन्त्रणमा

प्रकाशित मिति: २०७७ फागुन ५, बुधबार

652
Shares

काठमाडौँ, बुधबार, ५ फागुन २०७७ । प्रहरीले बैतडीको दोगडाकेदार नगरपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्या प्रकरणमा संलग्न भएको आशंकामा तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

तीनजनामध्ये एक सरकारी कर्मचारी छन्। ती सरकारी कर्मचारीलाई प्रहरीले मंगलबार दिउँसो कञ्चनपुरको महेन्द्रनगरबाट नियन्त्रणमा लिएर बैतडी लगेको छ। शंकास्पद ती कर्मचारीसमेत नियन्त्रण्मा लिइएका अन्यको विवरण प्रहरीले खुलाएको छैन ।

‘हामीले बलात्कार र हत्यामा संलग्न भएको आशंकामा एकजनालाई महेन्द्रनगरबाट नियन्त्रणमा लिएका छौं तर अनुसन्धान जारी रहेकाले यसै भन्न सकिने अवस्था छैन’, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने। ती अधिकारीका अनुसार यस घटनामा अन्य दुईजना शंकास्पद व्यक्ति पनि पक्राउ परेका छन् ।

बैतडी प्रहरी र सुदूरपश्चिम प्रहरीले अनुसन्धान गरिरहेकाले विवरण खुलाउन नमिल्ने ती अधिकारीले बताए। ‘एक प्राविधिक सहायकस्तरका कर्मचारीलाई पनि नियन्त्रणमा लिइएको छ’, स्रोतले भन्यो। प्रहरीले कर्मचारीसहित तीनजनालाई नियन्त्रणमा लिएको भए पनि अनुसन्धान भइरहेकाले थप केही खुलाउन नमिल्ने स्रोतले बतायो ।

सुदूरप्रश्चिम प्रदेश प्रहरी स्रोतका अनुसार घटनाका बेला घटनास्थलवरिपरि देखिएका र केही दिनदेखि सोही स्थानबाट हराइरहेका व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो। यो समाचार आजको नागरिक दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -