काठमाडौं, बुधबार, ५ फागुन २०७७। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा दुई रुपैयाँले बढाइएको निगमले जनाएको छ । निगमले एक सातामै दुई पटक मूल्य बढाएको हो ।
मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकोले मूल्य समायोजन गरेको निगमले जनाएको छ ।









































