चितवन, मंगलबार, ४ फागुन २०७७ । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्मकमल दाहाल प्रचण्डले केही दिनमै संयुक्त आन्दोलन हुने दाबी गर्नु भएको छ ।
चितवनमा पत्रकारहरुसँग कुरा गर्दै संयुक्त आन्दोलनका विषयमा कांग्रेस र जसपा नेताहरु सकारात्मक रहेको भन्दै उक्त कुरा बताउनु भएको हो ।
दाहालले संयुक्त आन्दोलनका लागि छलफल चलिरहेको र कांग्रेस र जसपाका नेताहरुसँग कुराकानी भइरहेको बताउनु भएको हो ।








































