सुरेश तिमल्सिना
आमा म घरी घरको भित्ता हेर्छु
त घरी तिम्रो गाला हेर्छु
उस्तै लाग्छ बर्सौसम्म पोतिन
नपाएर चिराचिरा परेका
घरको भित्ता र तिम्रो गाला ।
मलाई सानो छदाँ ´कलेख्न सिकाउन तिम्रो हातले आज त्यही कलम समाउन नसक्ने भएको छ तर, आमा ´क लेख्न सिकाउने
हातले बुनेको कर्मले नै
म तिम्रो मर्म पोखिरहेको छु ।
दुःखको सिङ्गाे पहाड राखेर
छाती माथी
हिड्न परे पनि काडा नै काडा
बिछ्याइएको बाटो
काडाको बीच उम्रिएकाे
तिमी सृष्टि कै सुन्दर फूल जस्ती देखिन्छाैं ।
पहाड माथीबाट च्याइरहेको
मुस्कुराइरहेको
हिमाल जस्ति देखिन्छाैं
लाग्छ,
तिम्रो उचाई यो संसारको
सबैभन्दा अग्लो पहाड भन्दा पनि माथी छ ।
२०७७ साल फागुन ३ गते सोमबार ।









































