Opens in a new tab
२०८३ मंसिर १, सोमबार
१:०४:५८ राति
- ADVERTISEMENT -

निर्वाचनमा कांग्रेस एक्लैले प्रतिस्पर्धा गर्नेछ : पूर्वमन्त्री मोहनबहादुर बस्नेत

प्रकाशित मिति: २०७७ फागुन ३, सोमबार

480
Shares

धनगढी, सोमबार, ३ फागुन २०७७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले निर्वाचनमा कांग्रेस एक्लैले प्रतिस्पर्धा गर्ने छन् ।

नेपाल प्रेस युनियन कैलालीले धनगढीमा सोमबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले कांग्रेस निर्वाचनमा एक्लै जाने बताए । उनले कम्युनिस्टहरूसँग चुनावी तालमेल नहुने बताएका छन् ।

उनले जनताले कम्युनिस्टहरूलाई पाँच वर्षसम्म एकलौटी रुपमा सरकार चलाउन अधिकार दिँदा पनि तीन वर्षभित्रै संसद भङ्ग गरेर अधिनायकवाद ल्याउन खोजेको आरोप लगाए ।

कांग्रेसले नेकपालाई पाँच वर्ष सरकार चलाएर मुलुक र जनताको समृद्धि गर भनेर एकलौटी छाड्दा पनि तीन वर्षमा असफल भएको नेता बस्नेतले बताएका छन् ।

‘कांग्रेसले कम्युनिस्टलाई सरकार चलाउन कुनै पनि हस्तक्षेप, बाधाव्यवधान गरेको छैन । थिएन’, उनले भने, ‘आफूभित्रको झगडाले संसद भङ्ग गरेका छन् । पैसा र पदको भागबण्डा नपुगेर सडकमा झगडा गरेका छन् ।’

संसद विघटन हुनुमा प्रधानमन्त्री खड्गप्रसाद ओलीका साथै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल उत्तिकै दोषी छन् ।’

ओलीले एकलौटी सरकार चलाएर खाएपछि ओलीलाई हटाएर प्रचण्ड र माधव नेपालहरू प्रधानमन्त्री र अध्यक्ष बन्न खोज्दा संसद भङ्ग भएको बताए ।

यसैबीच, आइतबार बिहान धनगढीमा नेपाली कांग्रेसको खेलकुद विभागले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदाताहरूलाई विभागका प्रमुख समेत रहेका बस्नेतले प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

खेलकुद विभागले दुई महिनादेखि विभिन्न स्थानमा रक्तदान गर्दै आएको छ । कोरोना महामारीका बेला उपचारमा रगत अभाव नहोस भनेर विभागले रक्तदान गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -