काठमाडौं, ३ फागुन २०७७ । नेपाली कांग्रेसको भातृ संगठन तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाहीलाई हृदयघात भएको छ।
पारिवारिक स्रोतका अनुसार शाहीलाई गएराति नै हृदयघात भएको हो । हाल उनको काठमाडौं महाराजगंजस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ । हृदयघात भएपछि तत्कालै अस्पताल लगिएको शाहीको राति नै अप्रेशन गरिएको छ।
अपरेशनपछि उनलाई वार्डमा सारिएको र हाल उनको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।









































