प्युठान, आइतबार, २ फागुन २०७७ । लायन्स क्लव अफ काठमाण्डौं मनास्लु नागर्जुनद्वारा स्वर्गद्वारीको गाईलाई पराल सहयोग गरेको छ ।

प्युठान जिल्लामा अवस्थित रहेको पबित्र धार्मिक स्थाल स्वर्गद्वारीमा रहेका गाई बच्चाका लागि पराल सहयोग गरेका हुन ।
गाई बच्चाका लागि पराल खरिदका लागि सात हजार ६ सय छयत्तर रुपैयाँ (दस बिटा पराल ) सहयोग गरिएको छ ।

लायन्स क्लव अफ काठमाण्डौं मनास्लु नागर्जुनका उपाध्यक्ष रामहरि देवकोटा, सचिब सहदेव बस्नेत, सह सचिब कपिल अम्गाइ र LCIF कोअडिनर चेतनाथ न्यौपाने तथा स्वर्गद्वारी ब्यवस्थापन समितिको तर्फबाट देउतालाई नगद चढाइएको थियो ।
उक्त कार्यक्रममा लायन्स क्लव अफ काठमाण्डौं मनास्लु नागर्जुन क्लबबाट रु ३५०५, सहदेव बस्नेतको तर्फबाट रु १०१०, चेतनाथ न्यौपानेबाट रु ५०५, ढुङ्गेधारा बचत तथा ऋण सहकारीबाट रु ५०५, रामहरि देवकोटा, तुलसी प्रसाद देवकोटा, टिका थापा देवकोटाको तर्फबाट रु १०५० गरि जम्मा सात हजार ६ सय अरसठि रुपैया हस्तान्तरण गरिएको छ ।
त्यसैगरी स्वर्गद्वारी मन्दिर ब्यवस्थापनको तर्फबाट खाजा सहयोग गरिएको थियो ।
उक्त कार्यक्रममस रामहरी देवकोटाले मन्तव्य राख्नु भएको थियो । गाइका लागि आफुले केही भए पनि सहयोग गर्न पाउँदा खुशी लागेको व्यक्त गर्नु भयो । आगामी दिनमा पनि साथ सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।









































