काठमाडौ, आइतबार, २ फागुन २०७७ । नेकपा गोरखा-काठमाडौ सम्पर्क मन्चको बिशेष कार्यकर्ता भेला सप्पन्न भएको छ ।
नेकपा गोरखा काठमाडौ सम्पर्क मन्चको भेला मन्चका अध्यक्ष विशाल थापाको अध्यक्षतामा नेकपा केन्द्रीय सदस्य एवम नेपाल सरकारका कृषि तथा पशुपन्क्षी मन्त्री मा पद्मा कुमारी अर्यालको प्रमुख आथिथ्यतामा र केन्द्रिय सदस्य गोरखा जिल्ला पार्टीका सचीव प्रेम गुरुङको बिशेष अतिथि साथै केन्द्रिय सदस्य नेताहरु तथा सम्पर्क समन्वयका नेताहरुको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।
गोरखा भूगोलमा घर भइ काठमाडौमा बसोवास गर्नु हुने २ सय ५० भन्दा बढीको उपस्थितिमा भिम प्रसाद काप्रीको नेतृत्वमा १ सय ५० सदस्यीय आयोजक कमिटी गठन गरि सम्पन्न भएको आयोजकले जनाएको छ ।
अध्यक्ष भिम प्रसाद काप्री, उपाध्यक्ष दिनेश पोखरेल, सचिब राजन प्रसाद काप्री, सहसचिव सरोज घिमिरे, कोषाध्यक्ष इन्द्र भट्ट, सदस्यहरु नारायण खनाल, मनोज भट्टराई लगाएत सदस्यहरु उपस्थित रहनु भएको थियो ।








































