काठमाडौं, शुक्रबार, ३० माघ २०७७ । नेपाली वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान दिने भएका छन्। ।
संस्कृतिविद् जोशी र उनकी पत्नी राधादेवीले चिकित्सा विज्ञान प्रयोगका लागि देहान्तपछि आफ्नो शरीर दान गर्ने भएका हुन् ।
उनीहरूले आज ललितपुर महानगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम गर्दै मृत्युपछि शरीर दान दिने घोषणा गर्न लागेका छन् ।
महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको उपस्थितिमा शरीर दान घोषणा कार्यक्रम हुने बताइएको छ ।









































