Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
८:५०:१० राति
- ADVERTISEMENT -

कांग्रेस अगाडी बढ्यो : संसद् विघटनविरुद्ध हुने आन्दोलनको नेतृत्व कांग्रेसले लिने

प्रकाशित मिति: २०७७ माघ २९, बिहीबार

692
Shares

काठमाडौं, बिहिबार, २९ माघ २०७७ । लोकतन्त्र र संविधान रक्षाका लागि हुने आन्दोलनको नेतृत्व लिन कांग्रेस तयार देखिएको छ । तर, व्यक्तिसँग नभई पार्टीसँग आन्दोलन हुने कांग्रेसले बताएको छ ।

बुधबार नेकपाको प्रचण्ड–माधव पक्षबाट खुला सभाबाटै कांग्रेसलाई संयुक्त आन्दोलनको प्रस्ताव आएपछि कांग्रेसले संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको नेतृत्व लिन तयार रहेको बताएको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्दोलनको नेतृत्व लिन तयार रहेको बताए ।

‘संविधानको रक्षाका लागि २०४६ र २०६२-६३ मा पनि कांग्रेसले नेतृत्व लियो, फेरि पनि संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको नेतृत्व गर्न कांग्रेस तयार छ,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने ।

कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई केन्द्रीय समिति बैठकबाटै असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै हाल एक्लै आन्दोलनका कार्यक्रम गर्दै आइरहेको छ । सो सन्दर्भमा वरिष्ठ नेता पौडेलले संयुक्त आन्दोलनका लागि कांग्रेस तयार नभएको नभई समय मात्रै कुरेको बताए ।

अहिले कम्युनिस्ट एक छन्, एउटाले अर्काको आलोचना मात्रै गरेका छन्, भोलि परिस्थिति कस्तो बन्छ, परिआए कांग्रेसले आन्दोलनको नेतृत्व गर्छ

‘संयुक्त आन्दोलनका लागि अहिले अलिकति बेला भएको छैन भनेको हो, कांग्रेस आन्दोलनका लागि तयार नै नभएको होइन, कुन कम्युनिस्ट कता लाग्छन् कांग्रेसलाई त्यता चासो छैन, कांग्रेसलाई संविधान र लोकतन्त्रको चासो र चिन्ता छ,’ पौडेलले भने । कांग्रेस नेता गोपालमान श्रेष्ठले मुलुकको अवस्थाअनुसार परिआए कांग्रेस संयुक्त आन्दोलनमा जाने बताए । ‘

अहिले कम्युनिस्ट एक छन्, एउटाले अर्काको आलोचना मात्रै गरेका छन्, भोलि परिस्थिति कस्तो बन्छ, परिआए कांग्रेसले आन्दोलनको नेतृत्व गर्छ,’ नेता श्रेष्ठले भने । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले अहिलेसम्म नेकपा एकै रहेकाले संयुक्त आन्दोलन हुन नसकेको बताए ।

‘उहाँहरूको पार्टी एउटै छ, आन्दोलन कुन पार्टीसँग मिलेर अनि कोसँग गर्ने भन्ने कुरा आउँछ, व्यक्तिसँग मिलेर गर्ने कि पार्टीसँग अन्योल छ, त्यही कारण संयुक्त आन्दोलन हुन सकिरहेको छैन,’ कांग्रेस सहमहामन्त्री महतले भने ।

बुधबारको विरोध सभालाई सम्बोधन गर्नेक्रममा दाहालले लोकतन्त्र ल्याउन, संविधान निर्माण गर्न र गणतन्त्र र संघीयतामा मुलुकलाई अघि बढाउन नेतृत्व दिएको पार्टी कांग्रेसलाई आफ्नै नेतृत्वमा बनेको संविधानको हत्या हुँदा हेरर नबस्न आग्रह गरेका थिए ।

‘गिरिजाबाबले नेतृत्व गर्नुभएको कांग्रेसकै नेतृत्वमा लोकतन्त्र आयो, संविधानसभामा सुशील कोइरालाले नेतृत्व लिनुभयो संविधान आयो, गणतन्त्र र संघीयता पनि कांग्रेसकै नेतृत्वमा आयो । त्यसबेला कांग्रेसका सभापति शेरबहादुर देउवाजी पनि कही न कही हुनुहुन्थ्यो, अहिले संविधानको हत्या हुँदा भ्रममा परेर कांग्रेस बस्न मिल्छ ? कांग्रेसलाई यो अवसर हो, हामी हातेमालो गर्न तयार छौं, कांग्रेसलाई संयुक्त आन्दोलनको प्रस्ताव गर्दै दाहालले भनेका थिए ।

विरोधसभालाई सम्बोधन गर्ने क्रममा नेकपा अध्यक्ष नेपालसहित नेताहरू झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलेसमेत कांंग्रेसलाई संयुक्त आन्दोलनको प्रस्ताव गरेका छन् । राजधानीबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -