Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:४४:०९ बिहान
- ADVERTISEMENT -

भागरथी हत्यारा पत्ता लगाउन सरकारलाई ज्ञापनपत्र बुझाइयो

प्रकाशित मिति: २०७७ माघ २९, बिहीबार

667
Shares

बैतडी, बिहिबार, २९ माघ २०७७ । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा पत्ता लगाउन माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ ।

भागरथी भट्टको न्यायका लागि गठित सङ्घर्ष समिति र स्थानीय बासिन्दाले बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीमार्फत आज प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।

घटना भएको एक हप्ता भइसक्दासमेत हत्यारा सार्वजनिक नगरिनुले आशङ्का पैदा भएको र यथाशीघ्र हत्यारा पत्ता लगाई सार्वजनिक गर्न माग गरिएको छ । घटनासम्बन्धी विवरण सार्वजनिक गर्न र हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाइएको स्थानीयवासी भोजराज जोशीले जानकारी दिनुभयो । कञ्चनपुरकी निर्मला पन्तको जस्तै अनुसन्धान फितलो नहोस् भनेर समयमै सरकारलाई जानकारी गराएको सङ्घर्ष समितिले जनाएको छ । दोषीलाई पत्ता लगाई यथाशीघ्र सार्वजनिक नगरिए आफूहरु जस्तोसुकै आन्दोलनमा उत्रिने चेतावनीसमेत समितिले दिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जोशीले दोषी छिट्टै पत्ता लाग्ने बताउनुभयो । यता दोषी पत्ता नलाग्दा हदैसम्मको कारवाही नहुँदासम्म शव नबुझ्ने भागरथीका परिवारले अडान राखेका छन् । चार दिन अगाडि जिल्ला अस्पतालमा परीक्षण गरिएको शवलाई अझै बुझ्न मानेका छैनन् । माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको जङ्गलमा विभत्स र निर्वस्त्ररुपमा मृत अवस्थामा फेला परेकी थिइन् ।

माघ २६ गते सार्वजनिक शव परीक्षणमा भागरथीको बलात्कारपछि हत्या गरेको उल्लेख गरिएको छ ।

निर्मलाको जस्तै भागरथीका हत्यारा पत्ता नलाग्ने हो कि भन्ने आशङ्का पैदा भइरहेका बेला प्रहरीले भने सफलता नजिक पुगेको जनाएको छ । सुक्ष्म अनुसन्धान र अध्ययन भइरहेकाले सफलता नजिक पुगेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विभिन्न कोणबाट अध्ययन, अनुसन्धान गरिरहेका छौँ, छिट्टै सफलता प्राप्त गर्छौं”, उहाँले भन्नुभयो, “अनुसन्धान साँघुरिँदै गएको छ, हामी सफलताको एकदमै नजिक छौँ, अहिले नै सबै कुरा भन्न मिल्दैन ।”

घटनाको थप अनुसन्धानका लागि भागरथीको भजाइनल स्वाब र सबुत प्रमाण परीक्षणका लागि काठमाडौँ पठाइएको छ । यसका साथै घटना भएको दिन उक्त बाटो भएर हिँडडुल गर्ने व्यक्ति, सवारीसाधनमा आवतजावत गर्ने व्यक्ति, शङ्का लागेका व्यक्तिलाई सोधपुछको काम भइरहेको प्रहरीले जनाएको छ । भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाएर सुक्ष्म अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -